१३ चैत्र २०८१ बुधबार
image/svg+xml २:३२ पूर्वाह्न
समाज

सुरक्षा समिति बैठकमा चैत १५ गते हुने भनिएको प्रदर्शनबारे छलफल

सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने भनिएका प्रदर्शनबारे छलफल भएको छ।

आइतबार गृह मन्त्रालयमा बसेको बैठकले प्रदर्शनका क्रममा हुन सक्ने घटनाबारे सुक्ष्मरुपमा छलफल भएको गृहमन्त्रालय स्रोतको भनाइ छ । बैठकमा विशेष गरी पुर्वराजा समर्थको प्रदर्शनमा देखिनसक्ने सुरक्षा चुनौतीबारे छलफल भएको एकजना उच्च अधिकृतको भनाइ छ ।

आगामी शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० सहभागी रहेको समाजवादी मोर्चा र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले प्रदर्शनको तयारी गरेका हुन् ।  

समाजवादी मोर्चाले भृकुटीमण्डपमा र प्रसाईं नेतृत्वको महाअभियानले तीनकुनेमा प्रदर्शन गर्ने तयारी छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव, तीनै सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित: १० चैत्र २०८१ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App