१४ चैत्र २०८१ बिहीबार
image/svg+xml ४:३३ पूर्वाह्न
राजनीति

थापा र शर्मालाई तोसिमाको गिल्ला- कति निरीह महामन्त्री हुने रहेछन् ठूलो पार्टीमा, हरे !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता डा. तोसिमा कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई गिल्ला गरेकी छन्।

'कस्तो निरीह महामन्त्री हुने रहेछन् ठूला पार्टीमा त, हरे,' मङ्गलबार (साँझ) कार्कीले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्।

अगाडि उनी लेख्छिन्, 'मन्त्रीले गलत गर्दा महामन्त्रीद्वयको हैसियत सामाजिक सञ्जालमा आपत्ति पोख्नमै सीमित।'

कार्कीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्तको सन्दर्भमा यस्तो लेखेकी हुन्।

घिसिङलाई कांग्रेसकै तर्फबाट ऊर्जामन्त्री रहेका दीपक खड्काको जोडबलमा बर्खास्त गरिएको हो। यही सन्दर्भमा कार्कीले 'मन्त्रीले गलत गर्दा महामन्त्रीद्वयको हैसियत...' भनेर लेखेकी हुन्।

महामन्त्रीद्वय थापा र शर्माले घिसिङको बर्खास्त गलत रहेको कुरा फेसबूक स्टाटसमार्फत बताएका थिए। तर, ठोस रूपमा भने उनीहरूले केही नगरेको भन्ने आलोचना भइरहेको बेलामा कार्कीले यस्तो लेखेकी हुन्।

प्रकाशित: १२ चैत्र २०८१ २०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App