२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ६:२७ पूर्वाह्न
समाज

भक्तपुरमा एक व्यक्ति मृत भेटिए, हत्याको आशंका

मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोट नजिक एक व्यक्ति मृत भेटिएका छन् ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई टाउको र कानको मुनी चोट लागेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

कबाडीको सामान संकलन गर्ने उनको शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको नेउपानेको भनाइ छ । शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको र रिपोर्ट आएपछि मात्र यकिन भन्न सकिने उनले बताए ।

प्रहरीले घटनास्थलबाट रगत लतपतिएको ढुंगा समेत फेला पारेको छ। हत्या आशंकामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रकाशित: १० चैत्र २०८१ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App