५ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:३७ अपराह्न
समाज

केरूङ लादै थिए कुशाङले प्रहरीले बरामद गरेको २५ करोड (तस्बिरहरु)

काठमाडौंको झोरबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका-१ का कुशाङ लामा रहेका छन्। उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए।

प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाएको थियो। लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो।

सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी (ना ७ ख १६५२)  र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।

प्रकाशित: ५ चैत्र २०८१ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App