जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले परिचित व्यक्ति,आफन्त र साथीभाइबिच मात्र होली खेल्न र जबरजस्ती नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै होली पर्व सभ्य, शिष्ट र मर्यादित रूपले मनाउन सबैलाई आग्रह गरेका छन् । कसैको इच्छा विपरीत जबरजस्ती रङ्ग नदल्न,लोला वा अन्य कुनै पदार्थ नहान्न र नलगाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।
उक्त बमोजिम नगरी कानुन विपरीतका कार्य गरी सार्वजनिक शान्ति भङ्ग हुन गएमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।
प्रकाशित: २८ फाल्गुन २०८१ १५:०८ बुधबार