त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको भिड बढेपछि गाडीहरू प्रवेशमा रोक लगाइएको छ।
चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ भने शाहका समर्थकहरूको भिड पनि बढेको छ।
मुख्य गेटमा भिड बढेपछि अहिले सार्वजनिक र निजी गाडीहरूलाई विमानस्थलभित्र जान रोक लगाइएको छ। हवाई मार्गबाट जाने यात्रुहरू विमानस्थलको मुख्य गेटबाटै हिँडेर गइरहेका छन्। उनीहरु आफ्नो सामानहरू बोकेर विमानस्थलको मुख्य गेटबाटै हिँडिरहेका छन्।
प्रकाशित: २५ फाल्गुन २०८१ १४:५५ आइतबार