देशैभरका विभिन्न स्थानबाट लागुऔषध सहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ किलो १ सय ६५ ग्राम सहित दुई जना भारतीय नागरिकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ३० वर्षीय अजित कुन्नमपुरथु वार्के र २४ वर्षीय एन डेन्सिल रहेका छन्। नेपाल एयरको उडानद्धारा बैङ्कक हुँदै नेपाल आएका अजितलाई करिब ४ किलो २ सय ७० ग्राम र एनलाई करिब २ किलो ८ सय ९५ ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।
सुनसरी, दुहवी नगरपालिका-१२ पूर्व कुशाहा बस्ने ५१ वर्षीय विजय कुमार पौडेललाई अवैध लागूऔषध गाँजा करिब ४ सय ५० ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २९ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मदन गुरूङ र २१ वर्षीय प्रज्वल गुरूङ रहेका छन्। अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र.३ ०६-००१ प ९९५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
मुगु, छायाँनाथ रारा नगरपालिका-८ सल्लेरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने १९ वर्षीय गोपाल सेजुवाल, सोही नगरपालिका-४ बस्ने २३ वर्षीय सौगात भाम र सोही नगरपालिका-५ बस्ने २७ वर्षीय आकाश परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, बेलौरी नगरपालिका-१ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पुर्नवास नगरपालिका-१ अंशुबर्मा बस्ने २२ वर्षीय अभिसेक मोक्ताङ, कैलाली धनगढी उपमहानगरपालिका-११ धुडसुवा बस्ने २१ वर्षीय अरूण गैराल र सोही उपमहानगरपालिका-८ क्याम्पस रोड बस्ने १७ वर्षीय किशोर रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प १४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
रौतहट, गरूडा नगरपालिका-५ शिवनगरबाट नियन्त्रित लागूऔषध स्पास्मो २३ ट्याब्लेट सहित वृन्दावन नगरपालिका-७ बस्ने २३ वर्षीय राहुल साह रस्तोगीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कैलाली, गोदावरी नगरपालिका-२ पहाड रोड डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-१८ घर भएका २५ वर्षीया ट्युङ्कल शाह समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४ सय ६० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले शाहको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
मोरङ, उर्लाबारी नगरपालिका-७ मछिन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ५० मिलिग्राम सहित झापा भद्रपुर नगरपालिका-४ बस्ने ४५ वर्षीय सन्तोष श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिपलबोट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने १९ वर्षीय रोजल ढुङगानालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.३-०२-०२६ प ६२७२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० आनन्दटोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१० निउरेनी घर भएका २२ वर्षीय बिदिक घलान समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २४ फाल्गुन २०८१ १६:२३ शनिबार





