काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच झडप भएको छ।
आइतबार ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो ।
झडपमा प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगा पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पौडेलको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको र टाँका लगाइएको बताइएको छ।
प्रकाशित: १८ फाल्गुन २०८१ १३:१० आइतबार





