१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

केबलकार विवादबारे खतिवडा: बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजे

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।

गृह मन्त्रालयमा बिहीबार आयोजित छलफलपछि सांसद खतिवडाले विकास निर्माणका काम कुनै बहानामा रोक्न नहुने धारणा राखे। उनले स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेर उचित निस्कर्ष निकाल्नुपर्नेमा जोड दिए।

‘विकास निर्माणका कार्यहरू अवरुद्ध गर्नु मिल्दैन, तर स्थानीयको जायज मागहरू सम्बोधन गर्नुपर्छ। बाहिरका व्यक्तिहरूले स्थानीयलाई उचालेर आन्दोलन राजनीतिकरण गर्न खोज्नु गलत हो। यस्ता गतिविधिको विरोध हुनुपर्छ, चाहे जोसुकैले गरेको होस्,’ खतिवडाले भने।

साथै, उनले सरकारले जबरजस्ती अघि बढ्ने होइन, वार्तामार्फत समाधान निकाल्नुपर्ने धारणा राखे।

सांसद खतिवडाले केबलकार निर्माणका लागि २०७५ सालमै अनुमति दिइएको उल्लेख गर्दै अहिले बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए।

उनले सबै दलका नेताहरूलाई छलफलका लागि बोलाइएको जानकारी दिँदै छिट्टै समाधान निकालिने विश्वास व्यक्त गरे।

प्रकाशित: १५ फाल्गुन २०८१ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App