२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङ प्रशासनले हटायो निषेधाज्ञा

ताप्लेजुङ प्रशासनले फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ ।  

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति ११ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।  

नो केबलकार पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार सर्त अघि सार्दै पूरा भएमात्र वार्तामा बस्ने बताएका थिए । सोही सर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो ।  

नो केबलकार पक्षधरले आन्दोलन तीब्र बनाएपछि ताप्लेजुङ प्रशासनले गत आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी फुङलिङ क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो । 

प्रकाशित: १३ फाल्गुन २०८१ १९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App