१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

शनिबार साँझ वीरेन्द्र चोकमा भएको घटना दुःखद् : ताप्लेजुङ उद्योग वाणिज्य संघ

ताप्लेजुङ उद्योग वाणिज्य संघले शनिबार साँझ वीरेन्द्र चोकमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूले आइतवार विज्ञप्ति जारी गर्दै विरोध गर्ने क्रममा उद्योगी व्यवसायीको घरमा मसाल फाल्ने कार्य निन्दनीय भएको बताएका हुन् । निजी क्षेत्रलाई सहज वातावरण सृजना गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण बनाईदिन आग्रह गर्दै वाणिज्य संघले दुबै पक्षलाई संयमित र अनुशासित भइदिन अपिल गरेका छन् ।

जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाप्रति निजी क्षेत्र सम्वेदनशील भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत ताप्लेजुङ उद्योग बाणिज्य संघले लगानीमैत्री वातावरण तयार गरी निजी क्षेत्रलाई असल व्यवसायिक वातावरण निर्माण गरिदिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने सन्र्दभमा विगत देखि नै भइरहेका पक्ष र विपक्षका परिघटनाले ताप्लेजुङ जिल्लाको सामाजिक अवस्था गम्भिर मोडमा पुगेको निश्कर्ष समेत वाणिज्य संघको छ ।

वार्ता र सम्वादबाट सहमतिमा पुगी शान्त वातावरण बनाउन वाणिज्य संघले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित: ११ फाल्गुन २०८१ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App