भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ।
उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो। शव यात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए। उनलाई हजुरबुबा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो।
विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो। उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो। रासस
प्रकाशित: ८ फाल्गुन २०८१ ०८:५१ बिहीबार





