३ वैशाख २०८२ बुधबार
image/svg+xml १६:० अपराह्न
समाज

नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजले बोलाए पनि फर्किएनन् विद्यार्थी

भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरे पनि विद्यार्थीहरू फर्किएका छैनन्।

त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार अझै पनि नेपाली विद्यार्थीहरू बाहिर नै छन्। कलेजको होस्टेल फर्किएका छैनन्। ती विद्यार्थी भन्छन्, 'कलेजले फर्किनु भनेर अपिल गरेको छ। तर हामी फर्किएका छैनौँ। कलेजको अवस्था बुझेर, केही निर्णय गरेर मात्र फर्किने भन्ने कुरा छ।'

केही विद्यार्थीहरू नेपाल फर्किरहेको र केही त्यहाँकै होटलहरुमा बसिरहेको उनले बताए। '२०० सय जति विद्यार्थीहरू नेपाल फर्किएका छन्। उनीहरु बाटोमै छन्। घर पुगेका छैनन्। अन्य विद्यार्थीहरू यतै होटलहरुमा बसिरहेका छन्। कलेजले सुरक्षित वातावरण बनाए मात्र फर्किने हाम्रो कुरा हो,' उनले भने।

दिल्लीस्थित नेपाली दूतावासबाट दुई जनाअधिकारीहरू कलेज आउँदै गरेको भन्ने आफूहरूलाई जानकारी आएको पनि ती विद्यार्थी बताउँछन्। उनी भन्छन्,  'दूतावासबाट दुई जना व्यक्तिहरू आउँदै हुनुहुन्छ भन्ने जानकारी आएको छ। अहिलेसम्म आइपुग्नु चैँ भएको छैन।'

केआईआईटीले सोमबार नै एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी फर्कन आग्रह गरेको थियो। विद्यार्थीहरूलाई क्याम्पसमा फर्किएर शैक्षिक गतिविधिमा भाग लिन कलेजले आग्रह गरेको थियो।

यो पनि पढ्नुहोस्

नेपाली विद्यार्थी मृत्यु प्रकरण: केआईआईटीले गर्‍यो दुई कर्मचारी निलम्बित

कलेजले सोही घटनामा दुई जना कर्मचारीहरुलाई निलम्बित गरेको छ । कलेजले एक विज्ञप्ति जारी गरेर दुई कर्मचारीहरुलाई निलम्बित गरिएको जानकारी दिएको हो।  कलेजले दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको बताएको छ।

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी।टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल आइतबार साँझ मृत भेटिएकी थिइन्।

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए।

विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेर विभिन्न ठाउँमा छाडिदिएको थियो।

प्रकाशित: ६ फाल्गुन २०८१ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App