१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सम्पर्कविहीन महिला घरभित्रै मृत फेला

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए। 

सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको थियो। 

गङ्गाकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आङ्गबोले जानकारी दिए। घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३० माघ २०८१ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App