१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

बाल्टीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपालिका-३ जगदीशपुरमा पानी भरिएको बाल्टीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु भएको छ।

सुवासचन्द्र गुप्ताको छोरा हिमान्शुको खेल्ने क्रमा कौसीमा राखिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार करिब ५ बजेतिर बालकको मृत्यु भएको हो।

उनले बालकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको बताए।

प्रकाशित: २९ माघ २०८१ २३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App