राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्।
बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले क्रमशः बहस हुने क्रम जारी छ। यसअघि सहकारी पीडितको तर्फबाट आज वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्ने छन्। यद्यपि अन्य अधिवक्ताले पनि बहसका लागि वकालतनामा दर्ता गराउने सम्भावना छ।
प्रतिवादी रविको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न दुई जना वरिष्ठ अधिवक्तासहित १० जनाको वकालतनामा दर्ता गराएका छन्। लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरू डा नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिम्सेनासहित १० जनाले बहस गर्ने अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए।
यसअघि हिजो पहिलो दिन ४ जनाले बहस गरेका छन्। सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए। यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि हिजोको लागि बहस सकिएको थियो।
आजको बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ। बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएकाे थियो।
प्रकाशित: २४ माघ २०८१ ११:०० बिहीबार


-600x400.jpg)


