२२ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

मुक्कुम्लुङ संरक्षण समितिको ६ बुँदे माग, पूरा नभए आमहड्ताल गर्ने चेतावनी

मुक्कुम्लुङ ताङ्से:प चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तर्दलीय समितिले ६ बुँदे माग गरेका छन्।

ताप्लेजुङको पाथीभरामा बन्ने भनिएको केबलकारको सन्दर्भलाई लिएर शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै चुम्भो र समितिले ६ बुँदे माग गरेका हुन्।

मागहरूमा घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति निर्माण गर्नुपर्ने र दोषीहरूलाई कडा कारबाही गरिनुपर्नेलगायत छन्। 

चुम्भो र समितिले मागहरू पूरा नभए आमहड्ताल गर्ने चेतावनीसमेत दिएका छन्। 'माग सम्बोधन नभए अनिश्चितकालीन आमहड्ताललगायत देशैभरि आन्दोलन चर्काएर लगिनेछ,' विज्ञप्तिमा भनिएको छ।

अगाडि भनिएको छ, 'ताप्लेजुङ फुङलिङ नगरपालिका ११ बलुडाँडास्थित २०८१ माघ १२ गते बेलुकी मुक्कुमलुङ संस्कृतिकर्मीहरूमाथि सशस्त्र र जनपथ प्रहरीले गरेको बर्बर दमन र गोलीकाण्डका कारण मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका २०८१ माघ १५ देखि अनिश्चितकालीन यातायात बन्द रहेकोमा आन्दोलन थप सशक्त बनाउन मिति २०६१ माघ २० र २१ गते अरुणपूर्वका नौ जिल्ला लिम्बूवान् बन्द आह्वान गरिएको छ।'

गत १२ गते मुक्कुम्लुङ संरक्षणकर्ताहरू यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वामाथि गोली प्रहार भएको थियो। उनीहरूको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १९ माघ २०८१ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App