आइसिसी टी२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो अभ्यास खेलमा नेपालले अहिले क्यानडाविरुद्ध बलिङ गरिरहेको छ । कुशल भुर्तेल र सन्दीप लामिछानेले नेपाललाई सफलता दिलाएका हुन् ।
१३औं ओभरमा कुशलले दुई विकेट लिए भने १४औं ओभरको पहिलो बलमा सन्दीपले सफलता दिलाएका हुन् । १३औं ओभरको दोस्रो बलमा कानवारपल टागुरलाई क्याच आउट गराएका कुशलले सोही ओभरको अन्तिम बलमा निकोलस किर्टोनलाई १० रनमा पवेलियनको बाटो देखाए । दुइ विकेट लिएका हुन् । १४औं ओभरको पहिलो बलमा सन्दीपले नवनीत दालिवाललाई ४१ रनमा बोल्ड गरे ।
नेपाललाई पहिलो सफलता भने सोमपाल कामीले दिलाएका थिए ।
क्यानडाले १५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १०३ रन बनाएको छ ।
प्रकाशित: २२ माघ २०८२ १४:२८ बिहीबार





