२० असार २०८३ शनिबार
image/svg+xml
समाज

आहा ! न्युरोड (तस्बिरहरु)

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

काठमाडौं महानगरपालिकाले ऐतिहासिक न्युरोड क्षेत्रलाई नयाँ रूप दिन एकरूपता अभियान थालेको छ।

जुद्धशमशेरको पालामा तीन तलाका सेता घरहरूले सुशोभित यस क्षेत्रले पछिल्ला वर्षहरूमा आफ्नो मौलिकता गुमाउँदै गएको थियो। समयक्रमसँगै भव्य भवनहरूको निर्माण, विभिन्न रंग र शैलीले न्युरोड अस्तव्यस्त देखिन थालेको थियो।

अब महानगरले न्युरोडलाई पुरानै सौन्दर्य झल्कने तर नयाँ ‘लुक’ दिने गरी सबै घरहरूमा सेतो र हरियो रंगको एकरूपता कायम गर्न थालेको छ।

वडा नं. २४ का ६० वटा घरमा यो अभियान थालिएको छ। महानगरले घरधनीहरूसँगको सहमतिमा यो योजना अघि बढाएको हो। घरहरू रंग्याउन लाग्ने सम्पूर्ण खर्च घरधनीहरूले नै व्यहोर्ने सहमति भएको छ। अब न्युरोडका सबै घरका भित्ता सेता र झ्याल–ढोका, सटरहरू हरियो हुनेछन्।

हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १३ माघ २०८१ १९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App