१२ माघ २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ। 

वैदेशिक रोजगार विभागले आज पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो। 

विभागका अनुसार गत आवभन्दा यस आवमा पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजार दुई सय ३२ जनाले वृद्धि भएको छ। यसैगरी गत आवको तुलनामा एक सय ७५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ। 

यसैगरी गत कात्तिकदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित काम भइरहेको विभागले जानकारी दिएको छ। विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले आगामी केही समयभित्रमा जाहेरी दरखास्त बाहेकका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने लक्ष्य लिएको बताए। “बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्”, उनले भने, “अधिकांश सेवाहरू अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरल रुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौँ।”

उनका अनुसार मन्त्रालयअन्तर्गत सूचना प्रणालीलाई एकीकृत गर्न लागिएको छ। उनले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति ७३ हजारले जोगिएको दाबी समेत गरेका छन्। रासस

प्रकाशित: ११ माघ २०८१ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App