३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्पको प्रभाव: चीनबाट सगरमाथा अवलोकन बन्द

शक्तिशाली भूकम्पपछि चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथाको अवलोकन बन्द गरेको छ। चिनियाँ सञ्चारमाध्यम जिनहुवानेटका अनुसार सगरमाथाको अवलोकन अस्थायी रूपमा रोकिएको हो।  

मङ्गलबार बिहान चीनको सिजाङ स्वायत्त क्षेत्रको डिंग्री काउन्टीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो। चिनियाँ मापन केन्द्रले भने यसलाई ६ दशमलव ८ रेक्टर स्केल मापन गरेको छ।  

डिंग्री क्षेत्र सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पनि हो। जहाँ भूकम्प जाँदा पर्यटक र अधिकारीहरू भने सुरक्षित रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। डिंग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार उक्त क्षेत्रका होटेल र आसपासमा क्षेत्रमा रहेका भवनमा भने कुनै क्षति पुगेको छैन।  

डिंग्रीमै रहेका चिनियाँ विज्ञान प्रतिष्ठान, वायुमण्डलीय तथा वातावरणीय अनुसन्धानको सगरमाथा स्टेसन बन्द भएका छन्। यस्तै त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि बन्द भएको छ।  

तर, समग्रमा भने ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको समाचारमा पुष्टि भइसकेको छ।

प्रकाशित: २३ पुस २०८१ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App