कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको छ।
कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए।
उनले भने,'कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा मेडिकल इमरजेन्सी परेको भन्दै मस्कटमा आकस्मिक अवतरण गरिएको भने जानकारी आएको छ। अहिले विमान मस्कटबाट नेपाल आउँदै छ। तर यात्रुको स्वास्थ्यको बारेमा जानकारी छैन।'
प्रकाशित: १९ पुस २०८१ ११:५३ शुक्रबार