काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई सरुवा गरिएको छ । यसअघि प्रमुख रहेकी एआइजी किरण बज्राचार्य ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा परेपछि उनको ठाउँमा तामाङलाई सरुवा गरिएको हो ।
तामाङ यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले तामाङलाई उपत्यका प्रहरी कार्यालयको कमान्डमा पठाइएको गृह मन्त्रालय स्रोतले बतायो ।
प्रकाशित: १७ पुस २०८१ १२:०७ बुधबार