अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना तहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
प्रसाईले पेन्सनपट्टा बनाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टङ्गालस्थित टोलीले उनलाई पक्राउ गरेको हो।
आइतबार प्रसाईको कार्यकक्षमै पुगेर आयोगको टोलीले सेवाग्राहीबाट लिइसकेको तीन लाख रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
अख्तियारले यस घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: १४ पुस २०८१ २०:२९ आइतबार