११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मिलनको बयान- म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भनेर बुवा र भाइ मारेँ

बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले आफैँले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बयान दिएका छन् । 

भक्तपुरको बालकोटमा बुवा र भाइ मारेका आचार्यले महाराजगञ्ज प्रहरी वृत्तमा आफैँले आत्मसमर्पण गरेको बयान दिएका हुन् ।

'चाबहिलको सगरमाथा होटलमा कोठा लिएर दुई रात बसेँ । आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएको थिएँ तर, बीच बाटोबाटै फर्किएर महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ,' प्रहरीसँग बयानका क्रममा आचार्यले भनेका छन् ।

उनले यसअघि पनि बुवा र आमाको हत्या गर्ने प्रयास गरेको बताएका छन् । 'दशैंमा दुबैलाई मार्ने योजना बनाएको थिएँ तर, असफल भयो । यसपछि बुवा उपचारका लागि आएको मौका छोपेर मारेँ,' उनले भने । 

उनले आफू नबाँचेपछि परिवारका अरु सदस्य कसरी बाँच्लान् भनेर सबैलाई मारेर मात्रै आफू मर्ने सोचेका बयान दिएका छन् । तर, आफू गलबन्दीको प्रयोग गरेर झुन्डिन खोज्दा फुस्किएर बाँचेको बताएका छन् । 

'म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानेँ । अहिले बुवा र भाइलाई मारेँ । हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुन्डिएँ तर, गलबन्दीको गाँठो फुस्कियो,' उनले भनेका छन् ।

प्रकाशित: ९ पुस २०८१ १६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App