७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

हनिट्रयापको मुद्दा खेपिरहेकी निलम्बित इन्स्पेक्टर बिनु शाही अदालतमा

हनिट्रयापसम्बन्धी अभियोगमा निलम्बनमा परेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही अदालत उपस्थित भएकी छन्। उनी आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी हुन्।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनमाथि अनुसन्धान भइरहेको छ। उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो।

व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँने धम्की दिँदै ३० लाख असुलेको प्रहरीको अनुसन्धान छ। सोही आरोपमा भैँसेपाटी प्रभागका सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरीका ताज मूल इस्लाम र भिमादेवी थापा पक्राउ परेका थिए।

 अनुसन्धानका क्रममा भिमादेवीको खातामा २० लाख जम्मा भएको र उक्त काम गर्न इन्स्पेक्टर बिनुले लगाएको बयान पक्राउ परेकाहरुले दिएपछि गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ७ पुस २०८१ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App