१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

भारत भ्रमणमा रहेका प्रधान सेनापति स्वदेश फिर्ता

भारत भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोक राज सिग्देल स्वदेश फिर्ता भएका छन्।

आइतबार प्रधान सेनापति महारथी सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग के।सी।ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।  

भ्रमणमा रहँदा सेनापति महारथी सिग्देललाई भारतीय महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा सिग्देल मंसिर २६ गतेबाट भारत भ्रमणमा गएका थिए।  

प्रकाशित: ३० मंसिर २०८१ १७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App