३० मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंमा आत्मदाह गर्ने महिलाको सुसाइड नोट फेला

कागेश्वरी मनोहरा नगरपालिका–८ को किरातचोक नजिक बागमती नदी किनारमा आत्मदाह गर्ने महिलाको सुसाइड नोट भेटिएको छ। 

चितवनकी ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएर बागमती खोला किनार नजिक खाली जग्गामा १२ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन्। 

प्रहरी वृत्त नयाँ बानेश्वरले फेला पारेकाे सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुःख पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन्। नोटमा लेखिएको छ, ‘म कसैलाई दुःख दिन चाहन्न। श्रीमान् र छोराहरू खुसीसाथ बस्नू।’ 

मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन्। आगो लागेपछि उनलाई सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो, तर आइतबार बिहान ५ः४५ मा मृत्यु भयो। शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइनेछ।

 

प्रकाशित: ३० मंसिर २०८१ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App