२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

बिरामी बोकेको जीप तिनाउ पुलमा दुर्घटना हुँदा तीनजनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत  बुटवलको तिनाउ पुल नजिकै भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।

बिरामी लिएर बुटवल आउँदै गरेको जीप दुर्घटनाहुँदा ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो।

गौरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा पुलको डिभाइडरमा जीप ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको थियो।  

प्रकाशित: २९ मंसिर २०८१ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App