४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थी कुट्ने शिक्षक निलम्बित

सुर्खेतको एसओएस हर्मन माइनियर स्कुलले विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक उपेन्द्र मल्ललाई निलम्बन गरेको छ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थी स्पर्श सापकोटालाई नाक, टाउको, र शरीरमा चोट पुग्ने गरी कुटपिट गरेको घटनापछि विद्यालय प्रशासनले त्वरित् कारबाही गरेको हो।

विद्यालयले अभिभावकहरूसँगको छलफलपछि कम्प्युटर शिक्षक मल्ललाई निलम्बन गर्ने निर्णय लिएको हो। विद्यालयका प्रिन्सिपल हरिहर बस्नेतले बाल अधिकारप्रति विद्यालय संवेदनशील रहेको र कुटपिटजस्तो घटनालाई कुनै पनि अवस्थामा सहन नसकिने स्पष्ट पारे।

घटना सार्वजनिक भएसँगै अभिभावक र मानवअधिकारकर्मीहरूले चासो व्यक्त गरेका थिए। शिक्षक निलम्बन भएपछि अभिभावकहरूले राहत महसुस गरेको बताइएको छ।

बाल अधिकारको पक्षमा विद्यालयको त्वरित् कदमले सकारात्मक सन्देश दिएको अभिभावकहरूको धारणा छ।

यो पनि पढ्नुहोस्

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, शिक्षक भन्छन्:  ‘माया गर्थे, गल्ती भयो’

प्रकाशित: २७ मंसिर २०८१ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App