१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

निर्माण सकिएको एक वर्षपछि भ्युटावर सञ्चालनमा आउँदै

निर्माण सकिएको करिब एक वर्षपछि झापाको दमकस्थित भ्युटवार सञ्चालनमा आउन लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भ्युटवारको विधिवत् उद्घाटन गरेपछि व्यावसायिक रूपमा भ्युटवार सञ्चालनमा आउने सहरी विकास मन्त्रालयमातहत सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिंगले बताए। उनका अनुसार उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि सहभागी हुनेछन्।

कार्यक्रमको आयोजना सहरी विकास मन्त्रालयले गर्ने भएको छ। उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च कर्मचारीहरू जाने भएका छन्। मन्त्रालयका सचिवको अध्यक्षतामा गठन हुने विकास समितिबाट भ्युटावारको सञ्चालन गरिनेछ। कार्यकाकारी निर्देशक नियुक्ति नभएसम्मका लागि मन्त्रालयले सहसचिवसरहका एकजना कर्मचारीलाई भ्यटुवार सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी दिनसक्ने व्यवस्था गरिएको छ।

विकास समिति गठन आदेशमा एउटै विकास समितिबाट धरहरा, भ्युटावर, सनराइज सभाहलसहित ६ वटा महŒवपूर्ण संरचना सञ्चालन तथा व्यवस्थापन गरिनेछ। यी संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा आवश्यक देखिएका विकास समितिले टेन्डर खोलेर निजी क्षेत्रलाई निश्चित समयका लागि लिजमा दिनसक्ने व्यवस्था गठन आदेशमा गरिएको छ।  

ठेकेदार कम्पनीले गत २०८० पुसमै मन्त्रालयमातहत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापालाई भ्युटावर हस्तान्तरण गरेको थियो। तर लामो समयसम्म भ्युटावर सञ्चालनमा आएको थिएन।

२ अर्ब रूपैयाँ खर्च गरेर बनाइएको दमक भ्युटावर दमक बजारबाट करिब ६ किलोमिटर पश्चिममा छ। त्यसैले यसको व्यवस्थापन र सञ्चालन गर्न खर्चिलो हुने अनुमान गरिएको छ। बजारभन्दा करिब ६ किलोमिटर टाढा भएकाले तत्काल त्यहाँ सपिङ मल, जिम हल, हस्पिटल, ब्युटिपार्लर राख्दा नाफामा जाने सम्भावना कम छ।

दमक भ्युटावर दमक नगरपालिकाका–३ मा करिब पाँच बिघा जग्गामा फैलिएको छ। २०७६ असार २७ गते एक अर्ब ५६ करोड १४ लाख ३९ हजारमा २०७८ असार २७ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो।

तोकिएको समयमा काम सम्पन्न नभएपछि २०८० असार २७ गतेसम्म म्याद थप गरिएको थियो। त्यसपछि पनि काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरियो। दोस्रोपटक म्याद थप गर्दा १० करोड २७ लाख ८१ हजार रूपैयाँ थप खर्च भई संशोधित सम्झौता एक अर्ब ६६ करोड ४२ लाख २० हजार रूपैयाँ पुगेको थियो।

प्रकाशित: २२ मंसिर २०८१ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App