१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

त्रियुगा नगरपालिका-११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रपाँच लाख रूपैयाँ बराबरको धनमाल जलेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदी लगायत पाँच लाख रूपैयाँ बराबरका सामान नष्ट भएको हो। घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो। आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका  थिए।

प्रकाशित: २० मंसिर २०८१ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App