११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

धर्मगुरुको जन्मोत्सवमा दुई पालिकामा सार्वजनिक बिदा

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सव अवसरमा इलामका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। इलामका माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले आज (मंगलबार) पालिकाभर सार्वजनिक बिदा दिएका हुन्।

इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा धर्मगुरु लिङ्देनले बसोबास छ। यो क्षेत्र विश्वभरका किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा। सँगै जोडिएको माई नगरपालिकाले पनि यही अवसरमा बिदा दिएको हो।

धर्मगुरु लिङ्देनको ७१औं जन्मोत्सव मंगलबार लारुम्बामा विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यही अवसरमा मंसिर १७ सम्म खेलकुदसहित विभिन्न कार्यक्रम आयोजना गरिएका थिए। जन्मोत्सव उद्घाटन गर्न रक्षामन्त्री मानवीर राई लारुम्बा आउँदै छन्।

आत्मानन्द साहित्य पुरस्कार, आत्मानन्द गोल्डकपका विजयी खेलाडीलाई पुरस्कार, धन्यवाद आशीर्वचन र सावायेहाड नुमाङगेन्ना सेवाका कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ। नुमाङगेन्ना सेवामा ७१ जना माङसेवासाबा, माङसेवासामाबाट साम्जिक मुन्धुम वाचन हुने समिति अध्यक्ष केहेरसिंह योङहाङले जानकारी दिए।  

प्रकाशित: १८ मंसिर २०८१ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App