१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ हजार घुस लिने ट्राफिक प्रहरी रंगेहात पक्राउ

रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

बुढाथोकीले सवारी साधनलाई आवतजावत गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेको अभियोगमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।

अख्तियारको बुटवल कार्यालय अन्तर्गतको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अख्तियारका अनुसार बुढाथोकीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गत कसुर गरेको पाइएको छ। यसै आधारमा अख्तियारले बिगो २५ हजार रुपैयाँ कायम गरी कैद सजाय र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारविरुद्ध कडाइका साथ कानूनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित: ११ पुस २०८१ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App