१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने

<br>

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेस र कोसी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो।

बालबालिकाका सङ्गठनहरू, बालबालिकाका लागि स्थानीय तथा प्रदेश सरकारले बनाएका ऐन र तिनको कार्यान्वयनको अवस्था लगायत विषयमा अध्ययन गर्न समितिले स्थलगत भ्रमण गर्न लागेको समिति सभापति तुलसाकुमारी दाहालले बताइन। उनकाअनुसार समितिले स्थानीय तहहरूमा संगठित भएका बालबालिकाहरूसँग क्लबहरू विभिन्न जाती, भाषा र लिङ्गको आधारमा छन् कि छैनन् भने छुट्टै छलफल गर्नेछ।

समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरूले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरूसँग छलफल गर्ने सभापति दाहालले बताइन। उनले कोसी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस प्रदेशमा मधेसी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने बताइन।

समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणको लागि भ्रमणमा जानेछन्। कोसी तथा मधेस प्रदेशको स्थलगत भ्रमणमा जने टोलीले विराटनगर,जनकपुर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लबहरूसँग छलफल गर्नेछ। यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरूले नेपालगन्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ। भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताइन ।

प्रकाशित: १४ मंसिर २०८१ १५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App