१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

ईशा थापालाई एसिया स्तरीय ‘एएसकन स्टार अवार्ड’

.

ईशा थापा।

एसिया महाद्वीपका १८ देशका ७५ सदस्य संस्थाहरूको संजाल ‘एसिया स्पाइनल कार्ड नेटवर्क’ (एएसकन) ले यस वर्षको ‘एएसकन स्टार अवार्ड’ नेपालको ‘स्पाइनल इन्जुरी संघ’ का कार्यकारी निर्देशक ईशा थापालाई प्रदान गरेको छ।

दुई दशकभन्दा लामो समयदेखि स्वास्थ्य र अपांगता क्षेत्रमा सक्रिय थापाले नेपालमा स्पाइनल कार्ड इन्जुरी भएका व्यक्तिहरूको जीवन रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको कारण उनलाई यस अवार्ड प्रदान गरिएको एएसकनका संयोजक अर्चना शाहले जानकारी दिइन्।

उनीद्वारा जारी एक विज्ञप्तिमार्फत थापाको योगदानप्रति उच्च प्रशंसा गर्दै भनिएको छ, ‘नेपाल र एसियाभर स्पाइनल कार्ड इन्जुरी सेवामा सुधार ल्याउन थापाले पुर्‍याएको असाधारण योगदान र दृढ समर्पणको हामी कदर गर्दछौं। ज्ञान आदानप्रदान र क्षमता विकासमार्फत उनले एसिया क्षेत्रभर नवीनता, करुणा र दृढताका उदाहरण प्रस्तुत गरेकी छन्।’

थापाको नेतृत्वमा सन् २००१ मा स्थापना भएको स्पाइनल इन्जुरी संघ नेपाल अपांगता भएका व्यक्तिहरूका लागि आशाको केन्द्र बनेको छ। संघ अन्तर्गतका स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर र भ्वाइस सेन्टर जस्ता कार्यक्रमहरूले ४५०० भन्दा बढी स्पाइनल कार्ड इन्जुरी भएका व्यक्तिहरूको जीवनमा प्रभाव पारेका छन्।

सन् २००१ मा स्थापना भएको एएसकनले एसिया क्षेत्रका संस्थाहरू र सरोकारवालाहरूलाई जोड्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रकाशित: १३ मंसिर २०८१ १६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App