२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

प्रधानमन्त्रीविरुद्ध भ्रम प्रसारण गर्ने ८ युट्युब च्यानल र एक फेसबुक पेजमाथि कारबाही

.

.

प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी अराजकता फैलाएको भन्दै ८ युट्युब च्यानल र एक फेसबुक पेजमाथि कारबाही गरेको छ।

दर्ता र सूचीकरण विना चलेका तीन च्यानलबारे थप अनुसन्धानका लागि साइबर ब्यूरोलाई पत्राचार गरिएको छ। सूचीकरण भएका च्यानलहरूलाई अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन निर्देशन दिइएको छ।

काउन्सिलले सामाजिक सञ्जालमा प्रसारित सामग्रीको विशेष अनुगमन गरिरहेको जनाउँदै पत्रकारितामा आधिकारिकता र जिम्मेवारीको आवश्यकता औंल्याएको छ।

यसै क्रममा काउन्सिलले केही युट्युब च्यानल र फेसबुक पेजहरूको नामसमेत सार्वजनिक गर्दै यस्ता सामग्रीहरू नहेरिदिन, शेयर नगर्न, र त्यसको प्रचारप्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसबाहेक, यस्ता सामग्री बनाउने र अपलोड गर्ने पक्षलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

सूचीमा उल्लेख गरिएका मिडियाहरूले प्रसारित सामग्रीको सत्यता पुष्टि नगरी भ्रामक सामग्री प्रसारण गरेको पाइएकाले यिनीहरूलाई तत्काल सचेत गराइएको हो।

प्रकाशित: ४ मंसिर २०८१ १९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App