७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अन्तराष्ट्रिय सम्मेलन

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अन्तराष्ट्रिय सम्मेलन चितवनमा भएको छ। सघन उपचारसंग सम्बन्धित उपचार विधिमा भइरहेका नविनतम प्रयोगका बारेमा ज्ञान आदानप्रदान गर्ने उद्देश्यमा चितवनको सौराहामा छैटौँ अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो।  

शुक्रबार र शनिबार सौराहामा भएको सम्मेलनमा आठ देशका सात सयभन्दा बढी चिकित्सकको सहभागिता रहेको थियो। दुईदिनसम्म सञ्चालन भएको कार्यक्रममा ८ देशका ६० जना चिकित्सकले आफ्नो कार्यपत्र प्रस्तुत गरेको नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका निवर्तमान अध्यक्ष डा.सितल अधिकारीले जानकारी दिए।  

संसारमा भएका उपचार सम्बन्धी लेखिएका खोजमुलक प्रतिवेदनका विषयमा समेत चिकित्सकलाई जानकारी गराइएको उनले बताए।  सम्मेलनमा चिकित्कसलाई सघन उपचार कक्षमा उपचाररत बिरामीलाई चाहिने कुशलता सम्बन्धी तालिम समेत प्रदान गरिएको उनले बताए। सम्मेलनमा न्यूजरल्याण्ड, फिलिफिन्स, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका चिकित्सकको सहभागिता रहेको थियो।  

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अन्तराष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति समेत चयन गरेको छ। ११ सदस्य नयाँ कार्यसमितिको अध्यक्षमा विर अस्पतालमा कार्यरत प्रा.डा.रविराम श्रेष्ठ चयन भएका छन्। विधान अनुसार एक कार्यकाल दुई वर्षको हुनेछ । सो क्रमममा क्रिटिकल केयर नर्सेस एशोसियसन नेपालको तेस्रो सम्मेलन समेत गरिएको थियो।

प्रकाशित: २ मंसिर २०८१ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App