२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

एसएसबीका महानिर्देशक नेपाल आउँदै, सीमा सुरक्षा बैठक बस्दै

<br>

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षाबलबीच हरेक वर्ष हुने समन्वय बैठक आगामी मंसिर १ र २ गते काठमाडौंमा हुने भएको छ।

गत भदौमा हुनुपर्ने बैठक बङ्गलादेशमा भएको राजनीति उथलपुथललाई देखाएर भारतको तर्फबाट स्थगित भएपछि मंसिर १ र २ गते काठमाडौँमा बस्न लागेको हो। ‘बैठकको तयारी भइरहेको छ, बैठकको मितिलाई दुवै पक्षले गोप्य राखेका छन्’, स्रोतले भन्यो,‘ गत भदौ ५, ६ र ७ गते काठमाडौंमा हुने सीमा सुरक्षासम्बन्धी आठौँ बैठक भारतको तर्फबाट रोकिएको थियो।’

गत वर्ष भारतको राजधानी नयाँ दिल्लीमा कार्तिक २० देखि २२ गतेसम्म सातौँ समन्वय बैठक भएको थियो। बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल नेतृत्वको टोलीले नेतृत्व गर्नेछ।भारतीय सीमा सुरक्षा बल सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक अमृत मोहन प्रसादले नेतृत्व गर्नेछन्। सीमापार अपराध नियन्त्रण लगायतका एजेन्डामा छलफल केन्द्रित हुने गृह मन्त्रालयले स्रोतले जनाएको छ।

सीमा सुरक्षामा खटिएका दुई सुरक्षा निकायबीच समन्वय र सहकार्यका लागि नियमित बैठक बस्न लागेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूसमेत सहभागी हुनेछन । नेपाल–भारतबीच खुला सीमा रहेकाले सीमा क्षेत्रमा सीमापार अपराध प्रमुख सुरक्षा चुनौती रहँदै आएको छ।

सीमापार अपराध नियन्त्रण रोकथामका लागि सहकार्य नै बैठकको प्रमुख एजेन्डा हुने सशस्त्र प्रहरीका एक उच्च अधिकारी बताउँछन् ।त्यसका साथै चाडपर्वको समयमा भारतबाट ठुलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्कने र सीमामा समस्या भोग्ने गरेकाले उनीहरूलाई सहजीकरणको विषयमा समेत छलफल हुनेछ। यद्यपि अहिले चाडबाड सकिएको भए पनि यो विषय नियमित जसो उठ्ने गरेको छ।

एसएसबी भारतको विशिष्टीकृत सुरक्षा फौज हो ।जसले नेपाल र भुटानसँगको सीमा सुरक्षा हेर्दै आएको छ। नेपालको तुलनामा सीमामा भारतीय सुरक्षा फौजको उपस्थिति बाक्लो छ। नेपालसँगको सीमामा एसएसबीका पाँच सय दुई पोस्ट छन्। नेपालमा पनि सशस्त्र प्रहरी सीमा सुरक्षाका लागि खटिएको एक मात्र सुरक्षा फौज हो। सीमा क्षेत्रमा देखिएका समस्या र सीमापार अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी खटिँदै आएको छ। 

प्रकाशित: २५ कार्तिक २०८१ २०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App