तिहारलाई लक्षित गरी भारतबाट अवैध रुपमा भित्राइएका चार लाख बढी मूल्यका विभिन्न किसिमका प्रतिबन्धित पटका प्रहरीले बरामद गरेको छ।
प्रहरीका सीमा नाकामा पर्ने ईकाईहरुले भारतबाट लुकीछिपी भित्राउने क्रममा प्रहरीले ४ लाख १० हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको हो।
साना र ठुला गरी विभिन्न किसिमका पटाकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
दशैअघि देखि नै निगरानी बढाइए पछि सो पटाका बरामद भएको उनले बताए। पटाकामा सरकारले प्रतिबन्ध लगाएको छ।
बरामद गरिएका पटाका आइतबार आफ्नै कार्यालय परिसरमा नष्ट समेत गरेको छ।
प्रकाशित: २५ कार्तिक २०८१ १९:१० आइतबार