२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछ: खेलकुद मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताएका छन्।

आइतबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले नेपाल र भारतबीचको खुला सीमानाले पनि ड्रग्स सप्लाइ हुन सहज हुने गरेको बताए।मन्त्री चौधरीले नेपालमा विद्यालय स्तरबाटै चुरोट सेवन गर्ने र युवावस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको धारणा राखे।

उनले सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानुन निर्माण गरेको भए पनि चाहेको जति नियन्त्रण हुन नसकेको बताए। उनले नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी नभए पनि भारतबाट खुला सीमानाका कारण बढी ल्याइने गरेको जानकारी दिए। दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरू तयार रहेको बताए।

मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै नरहेकाले समस्या समाधानका लागि भारत सरकारसँग सहयोगको आग्रह गरे। 

प्रकाशित: २५ कार्तिक २०८१ १९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App