अमेरिका र चीनका लागि नयाँ राजदूत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्राडा कृष्ण प्रसाद ओलीलाई नियुक्त गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ । उनीहरुको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।
प्रकाशित: २५ कार्तिक २०८१ १४:३१ आइतबार