दसैँ, तिहार र छठ मनाउन घर गएका सर्वसाधारणहरू धमाधम काठमाडौं फर्किन थालेका छन्।
आफ्नो जन्मस्थल छोडेर विभिन्न पेसा, व्यवसाय, र अध्ययनका लागि सहर पसेकाहरू चाडपर्व सकिए लगतै राजधानी फर्कन थालेका हुन्।
कलङ्की, थानकोट, भक्तपुर, कोटेश्वर, गोंगबु, बल्खुजस्ता काठमाडौंका नाकाहरूमा दसैँ मनाएर फर्कनेहरूको भिडभाड देख्न सकिन्छ।
काठमाडौं उपत्यकामा पनि आवतजावत बाक्लै देखिन्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बाक्लो संख्यामा सवारीको आवतजावत भइरहँदा राजधानी जाम उल्लेखनीय रुपमा बढेको छ।
तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: २४ कार्तिक २०८१ १७:१८ शनिबार