२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगरमा छठ (तस्बिरहरू)

विराटनगरमा धुमधामकासाथ छठ पर्व मनाइदै छ। विराटनगर स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर, सिंघिया खोला, केशलिया खोलाका विभिन्न घाटहरू सिँगारेर चिटिक्क पारिएको छ।

यस्तै विभिन्न स्थानमा छैठी माताको मूर्ति पनि निर्माण गरिएको छ। विराटनगरका मुख्य घाटहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि पर्याप्त मात्रामा ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन्।

पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मन वाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख कष्ट हट्ने जनविश्वास छ। 

प्रकाशित: २२ कार्तिक २०८१ १७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App