७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

थाई एसिया एअरलाइन्सले थाल्यो भैरहवा–बैंकक उडान

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। लामो समयको प्रतिक्षापछि थाई एसिया एअरलाइन्सको बैंंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि सुरु भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एसिया एअरलाइन्सको एअर बस ए तीन ३२० अवतरण गरेको छ।पहिलो उडानमा विमानका चालक दलका सातजना सदस्यहरु मात्र आएको प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यले जानकारी दिए।

उनले यो तालिका अनुसारकै उडान भएको बताए। अर्को उडान अब कार्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने उनको भनाइ छ।२३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे आउने निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिए। योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको दुई दिन उडान गर्ने तयारी गरेको बताए।

थाई एसिया एअरलाइन्सले केही दिनअघि मात्र भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपियाँ रहेको छ।  

प्रकाशित: १८ कार्तिक २०८१ १९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App