तिहार अनि नेपालगन्ज झकिझकाउ नहुने कुरै हुँदैन।अझ नेपालगन्जको पुरानो बजार त्रिभुवनचोक चिटिक्क नहुने कुरै भएनन्।
हरेक वर्ष तिहारमा सडकमै सामान राखेर बिक्री गर्ने मेला आफैमा आर्कषणका रुपमा रहेको छ। त्रिभुवन चोका सडकमा सालको पातदेखि फुल र फुलको मालासम्म राखिएको छ। दीपावलीको लागि चाहिने सबै सामाग्रीहरूको सजावटले सडक छेकेको छ। सानो हिड्ने बाटोमा ग्राहकहरूको घुइँचो उस्तै छ ।
व्यापारीहरूले त्रिभुवन चोकदेखि उत्तरतर्फ त्रिवेणी मोडसम्म र दक्षिणतर्फ नारायण माविसम्मको सडककोबीच भागमा दीपावलीमा चाहिने सबै सामान बिक्रीका लागि तिहार आउन चार दिनअघि देखि राखेका हुन।
सडककोबीच भागमै दीपावलीको सामाग्री राखेका कारण किनमेल गर्न गाह्रो हुने भएकाले सानादेखि ठुला सवारीसाधन आवागमनमा प्रहरीले रोक लगाएको छ। जसले गर्दा किनमेलमा सहज भएको छ।
सडकभरी भाइटिका र भुर्की पूजनका लागि आवश्यक पर्ने सामग्री पनि व्यापारीले राखेर बिक्री गरिरहेका छन्। त्रिभुवन चोको सडकमा तिहारमा राखिने सामाग्रीहरू सबै एकै ठाउँमा हुने भएकाले किन्न सजिलो भएको विशालचोकका स्थानीय गंगा थापाले बताईन्।
सधै तिहारमा यहि आएर किनमेल गर्ने गरेको उनको भनाई छ। दिउँसोदेखि साँझसम्म अवरेसम्म यहाँ किनमेलको भिड् लाग्ने गर्दछ। यो वर्ष भारतबाट भन्दा पनि नेपालमै उत्पादन भएको फूलहरू बिक्रीका लागि राखिएको व्यापारीहरू बताउँछन्।
प्रकाशित: १७ कार्तिक २०८१ १९:०७ शनिबार