७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल संवतलाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्दछ: सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्ने बताएकी छिन्।

नेपाल संवत् ११४५ को अवसर पारेर शनिबार काठमाडौंको वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उनले सो आवश्यकता औँल्याएकी हुन।

 उपमेयर डंगोलले व्यवहारिक पक्षमा नेपाल संवत् हरेकले लागू गर्दै आएको भए पनि त्यसको महत्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रुपमा अघि बढाउने कार्यलाई पनि तीव्रता दिनुपर्ने स्पष्ट पारिन।

उनले नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रुपमा सबैले अघि बढाउनुपर्ने पनि बताइन।

त्यस अवसरमा उपमेयर डंगोलले नेपाल सम्वत समारोहका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताइन। 

प्रकाशित: १७ कार्तिक २०८१ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App