७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

२८ सय पिस पटकासहित तीन जना पक्राउ

चितवनबाट विस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रीय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामद गरेको हो।  

रौतहटको गौरबाट चितवन आएको ग १ ख ७५३२ नं। को यात्रु बाहक बसबाट २८ सय पिस नागिन पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बस चालक, सहचालक  र कन्डक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा पर्नेमा चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मोहम्मद अर्मान, सहचालक वीरगन्ज महानगरपालिका २९९का सुशील चौधरी र कन्डक्टर रौतहटको चन्द्रपुर नगरपालिका ४ का सुदर्शन राउत रहेका छन्।उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।यस्तै खोडखोडे खलेका व्यक्तिहरूलाई प्रहरीले छाडेको छ। उनीहरूलाई अब उपरान्त खालेको पाइएमा जुवा सम्बन्धी ऐन अन्तर्गत कारबाही समेत गर्ने गरी छाडिएको बताइएको छ।

प्रकाशित: १६ कार्तिक २०८१ १९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App