१४ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

निर्मलालाई न्याय दिलाउन तीन बुँदे सहमति

नेपालगन्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत समूह र सरकारबीच तीनबुँदे सहमति भएको छ ।  मंगलबार आन्दोलनरत समूह र सरकारबीच तीन बुँदे सहमति भएको होरगृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षका तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरे ।

हस्ताक्षरका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, अधिकारकर्मी विजयबाबु शिवाकोटी, मोहम्मद शेर बागवान, वसन्त रञ्जितकार र मनकुमारी गुरताल साक्षी बसेर सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरूपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखिपठाउने निर्णय भएको छ ।

आन्दोलनरत पक्ष र उनीहरूको परिवारको सुरक्षा व्यवस्था मिलाउन पनि लेखिपठाउने निर्णय भएके छ । त्यसैगरी विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानका लागि खटाउने पनि भनिएको छ ।सहमतिअनुसार खानसहितका महिलाहरूले गरेको आन्दोलन स्थगित भएको छ ।

प्रकाशित: १४ कार्तिक २०८१ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App