ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१र८२ को पहिलो तीन महिनामा सवारी नियम उलंघन गर्नेबाट २ करोड ७९ लाख ४१ हजार रुपैयाँ असुलेको छ। ३५ हजार ८५ सवारीसाधनका चालकबाट सो परिमाणको राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सवारी सुरक्षामा निगरानी बढाउन थालेको छ।
सोही अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ भने एक हजार तीन जना घाइते भएका छन्। रासस
प्रकाशित: ११ कार्तिक २०८१ ०९:१० आइतबार